News Summary
Generated by OK AI. Editorially reviewed.- इस्लिङ्टन कलेजले ललितपुरस्थित द प्लाजामा दुई दिने दीक्षान्त समारोह सम्पन्न गरी स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई दीक्षित गरेको छ।
- दीक्षान्त समारोहमा इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति अम्स घिमिरे र आयेशा नकर्मीलाई तथा इन्टरनेसनल स्टुडेन्ट हाउस र लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति अनुष नेपाल र अंगना भट्टराईलाई प्रदान गरिएको छ।
- छात्रवृत्तिले ट्युसन शुल्क, आवास खर्च र दुईतर्फी हवाई भाडा समेट्ने गरी करिब १.५ करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोग गरिएको छ।
२ पुस, काठमाडौं । इस्लिङ्टन कलेजले स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई दीक्षित गर्दै ललितपुरस्थित द प्लाजामा दुई दिने दीक्षान्त समारोह सम्पन्न गरेको छ।
दीक्षान्त समारोहलाई विद्यार्थीको दीर्घ शैक्षिक यात्रापछि व्यावसायिक जीवनतर्फको औपचारिक प्रवेशको प्रतीकका रूपमा लिइन्छ । जहाँ उनीहरूले हासिल गरेको ज्ञान, सीप र अनुशासनले भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
वार्षिक दीक्षान्त समारोहमार्फत इस्लिङ्टन कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्ने आफ्नो परम्परालाई निरन्तरता दिएको छ। यसै अवसरमा प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति तथा इन्टरनेसनल स्टुडेन्ट हाउस र लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति प्रदान गरिएको छ।
यस वर्षको प्रतिष्ठित इन्टरनेसनल स्टुडेन्ट हाउस तथा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति अनुष नेपाल र अंगना भट्टराईलाई प्रदान गरिएको छ।
करिब १.५ करोड रुपैयाँभन्दा बढी बराबरको यस छात्रवृत्तिले ट्युसन शुल्क, आवास खर्च तथा दुईतर्फी हवाई भाडासमेत समेट्ने गर्दछ।
त्यस्तै, इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति अम्स घिमिरे र आयेशा नकर्मीलाई प्रदान गरिएको छ।
यी विद्यार्थीहरूले इनोभेट नेपाल ग्रुप अन्तर्गतका कलेजहरूमा स्नातकोत्तर अध्ययन निरन्तरता दिनेछन् । समूह अन्तर्गतकै संस्थामा कार्य गर्ने अवसरसमेत प्राप्त गर्नेछन् ।
समारोहमा स्नातक तह अन्तर्गत बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ एन्ड आईटी सेक्युरिटी, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेसन, बीए (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) डिजिटल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) एड्भर्टाइजिङ एन्ड मार्केटिङ तथा बीए (अनर्स) इभेन्ट्स एण्ड टुरिजम म्यानेजमेन्ट कार्यक्रमका विद्यार्थीहरू सहभागी थिए।
स्नातकोत्तर तह अन्तर्गत एमएससी आईटी, एमबीए तथा एप्लाइड सेक्युरिटी कार्यक्रमका विद्यार्थीहरू दीक्षित भएका थिए।
प्रतिक्रिया 4