+
+
Shares

मधेशमा सभामुख चयनका लागि पुस ६ गते निर्वाचन

मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ । आज बसेको प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले सभामुखको लागि निर्वाचन हुने जानकारी गराएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १५:३४

पुस २, जनकपुरधाम । मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ । आज बसेको प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले सभामुखको लागि निर्वाचन हुने जानकारी गराएकी हुन् ।

प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम ७ बमोजिम सभामुखका लागि निर्वाचन हुने र त्यसका लागि प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालालाई पुस ५ गते प्रदेश सभाको सभामुख निर्वाचनसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन दिएकी छन् ।

पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट हटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?