+
+
Shares

उम्मेदवार चिन्नै एमालेका प्रतिनिधिलाई असिनपसिन, केही बेहोस

‘जो मान्छे यहाँ आएको छ, उसले आफूलाई प्राप्त भएको मतको मान्छे (उम्मेदवार) छान्नै समय लगाएको देखिन्छ,’ केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १८:१६
मतदानका लागि लाइन लागेका प्रतिनिधिहरू (फाइल तस्वीर)
Listen News
0:00
0:30
🔊

२ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि मतदानको कार्य चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान साढे ९ बजेदेखि मतदान चलिरहेको हो । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार, मतदान रातभर चल्नेछ ।

उनका अनुसार, अहिले प्रयोगमा ल्याइएका ८० वटा मेसिनमा कुनै समस्या देखिएको छैन ।

‘मतदानको कार्य चलिरहेको छ । हामीले मतदान प्रारम्भ गरिसकेपछि रोक्न मिल्दैन । हाम्रो मतदान रातभर चल्नेछ,’ पोखरेलले भने, ‘अहिलेसम्म प्रयोग भएका ८० वटा नै मेसिनमा कुनै समस्या छैन । मतदान कार्य लगातार भइरहेको अवस्था छ ।’

साथै, उनले केही मान्छेहरू आफूले छान्नुपर्ने उम्मेदवारलाई चिन्न नसक्दा असिनपसिन भएका छन् । केही व्यक्ति त बेहोस नै भएको उनले बताए ।

तर, को को बेहोस भएको र कति संख्यामा भएको भन्ने उनले खुलाएनन् ।

‘जो मान्छे यहाँ आएको छ, उसले आफूलाई प्राप्त भएको मतको मान्छे (उम्मेदवार) छान्नै समय लगाएको देखिन्छ,’ उनले भने, ‘समय अलि बढी लागेको देखिन्छ । जसले गर्दा मतदाता असिनपसिन भएको छ । फेन्ट (बेहोस) भएका पनि छन् ।’

त्यसका बाबजुत पनि मतदानको काम चलिरहेको उनले बताए । अशक्त मान्छेले भने आफूले चाहेको व्यक्तिबाट मतदान गर्न सकिने उनले बताए ।

‘जो मान्छे बिरामी छ उसलाई स्वयंसेवकले रेस्क्यू गर्नुहुन्छ र हाम्रो मेडिकल टिमलाई जिम्मा लगाउँछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?