+
+
Shares

ओलीको चेतावनी- झुटा मुद्दा लगाउने कोसिस हुँदैछ, एमालेलाई छोए महँगो पर्छ

ओलीले भने, ‘एमाले नेतृत्वमाथि छोएमा देश ठप्प हुनुपर्छ । एमालेले सरकार ढाल्नेछ । एमालेलाई छोएमा त्यो महँगो पर्नेछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १९:२०

३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदि त्यस्तो भए देश ठप्प पार्न निर्देशन दिएका छन् ।

महाधिवेशनबाट निर्वाचित भएपछिको सभामा सम्बोधन गर्दै उनले यस्तो गरिए देशभरबाट एमाले उठ्ने चेतावनी दिए ।

‘पञ्चायलकालको जस्तो जाली मुद्दा लगाउने कोसिस हुँदैछ’ ओलीले भने, ‘एमाले नेतृत्वमाथि छोएमा देश ठप्प हुनुपर्छ । एमालेले सरकार ढाल्ने छ । एमालेलाई छोएमा त्यो महँगो पर्नेछ ।’

उनले जाली मुद्दा लगाएमा देशभर जाम गर्न निर्देशन दिएका छन् । ‘हामी कुराले होइन, कामले तयार हुनुपर्छ, गरेर देखाउनुपर्छ’ ओलीले भनेका छन् ।

ओलीले अहिलेको अराजकता रोक्नका लागि तयारी अवस्थामा रहने बताए ।

टोलटोलमा सुरक्षा समिति एक हप्ताभित्र गठन गर्न निर्देशन दिए । ‘राज्य संयन्त्रको मार्फत भर पर्ने होइन । हामी आफ्नै खुट्टामा उभिएर  गर्नुपर्छ’ उनले भने, ‘एक हप्ताभित्र टोल सुरक्षा समिति बनाउनुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?