+
+
Shares

प्रधानमन्त्रीलाई महेश बस्नेतको सुझाव : दलहरूसँग ‘वान टु वान’ छलफल गर्नुस्

नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले दलहरूसँग ‘वान टु वान’ छलफल गर्दा राम्रो हुने बताएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १६:०८

७ पुस, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले दलहरूसँग वान टु वान छलफल गर्दा राम्रो हुने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा पार्टीका तर्फबाट बोल्दै उनले भने, ‘औपचारिक च्यानलबाट दलहरूसँग छलफल ‘वान टु वान’ गर्दा राम्रो हुन्छ भन्ने लाग्छ । यस्ता यस्ता फोरमहरूमा त औपचारिक कुरा न हुन्छन् ।’

एउटा औपचारिक निर्णय गर्नुभन्दा अगाडि धेरै अनौपचारिक होमवर्क हुन आवश्यक रहेको भन्दै उनले सरकारलाई यस्तो सुझाव दिएका हुन् । यसो गरिए निर्वाचनको वातावरण बनाउन सकिने उनले बताए ।

जेनजीसँग सरकारले गरेको सम्झौताको सैद्धान्तिक पक्षमा आफूहरू सहमत रहेता पनि व्यवहारिक रुपमा कति कार्यान्वयन हुन्छन् भनेर ख्याल गर्न आवश्यक रहेको बताए ।

२०५६ सालदेखि नै आफूहरूले उठाउँदै आएका विषय अहिले जेनजीले उठाएको र निर्वाचन सुधारको सन्दर्भमा निरन्तर छलफल भइरहेको उनले बताए । प्रत्येक चुनावमा यो पटक सम्भव भएन र अर्कोपटक सुधार गर्ने भन्ने प्रचलन रहेको उनले स्मरण गरे ।

शान्ति सुरक्षाको कारणले २१ फागुनमा चुनाव हुन सक्दैन भन्ने आफूहरूको बुझाइ रहेको उनले बताए । संविधान संशोधनदेखिका विषयमा सरकारले जेनजीसँग सम्झौता गरेको स्मरण गर्दै उनले सरकार आफ्नो मुल उदेश्यमा प्रष्ट हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?