+
+
Shares

सचिवमा निर्वाचित भएपछि महेश बस्नेत: अब संसद् पुनर्स्थापना र सर्वपक्षीय सरकार

नेकपा एमालेका नवनिर्वाचित सचिव महेश बस्नेतले पार्टी नयाँ म्यान्डेटका साथ आएको बताएका छन् । आज सचिव पदमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बस्नेतले एमाले अब स्थिर सरकार बनाउने बाटोमा केन्द्रित हुने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १३:५२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नवनिर्वाचित सचिव महेश बस्नेतले पार्टी नयाँ म्यान्डेटका साथ आएको बताएका छन्।
  • बस्नेतले एमाले अब स्थिर सरकार बनाउने बाटोमा केन्द्रित हुने बताए।
  • उनले संसद् पुनर्स्थापना नै एमालेको एजेन्डा भएको र सर्वपक्षीय सरकार गठनपछि निर्वाचनमा सहभागी हुने बताए।

३पुस, काठमाडौँ ।  नेकपा एमालेका नवनिर्वाचित सचिव महेश बस्नेतले पार्टी नयाँ म्यान्डेटका साथ आएको बताएका छन् । आज सचिव पदमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बस्नेतले एमाले अब स्थिर सरकार बनाउने बाटोमा केन्द्रित हुने बताए ।

फागुन २१ का लागि सरकारले तय गरेको निर्वाचन एमालेको प्राथिमकतामा नरहेको पनि उनको भनाइ छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेको भन्दै उनले आपत्ति जनाए । बस्नेतले संसद् पुनर्स्थापना नै एमालेको एजेन्डा भएको पनि बताए ।

संसद् पुनर्स्थापना भएपछि सर्वपक्षीय सरकार गठन हुने र उक्त सरकारले घोषणा गरेको निर्वाचनमा एमाले सहभागी हुने पनि बस्नेतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?