+
+
Shares

काठमाडौंमा उत्पादित रायो सागमा भेटियो ९९ प्रतिशत विषादी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते ११:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले काठमाडौंमा उत्पादित रायो सागमा ९९.०८ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको जनाएको छ।
  • केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटीका १५ पसलको १५ थरी तरकारी परीक्षण गर्दा रायो सागमा विषादीको मात्रा धेरै भेटिएको खुलाएको छ।
  • सरकारले अर्गानोफस्फेट ३५ प्रतिशतभन्दा बढी भए उपभोग अयोग्य मान्ने नियम बनाएको छ र यसअघि पनि अन्य तरकारीमा विषादी भेटिएको थियो।

८ पुस, काठमाडौं । काठमाडौंमा उत्पादित रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ ।

बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग गर्न पूर्ण अयोग्य रहेको जनाइएको छ ।

सरकारले  अर्गानोफस्फेटमा प्रतिशत दर ३५ भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ।

यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ । यसअघि पनि हरियो धनियाँ, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, हरियो फर्सी, घिउसिमी लगायत तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?