News Summary
Generated by OK AI. Editorially reviewed.- राप्ती उपत्यकामा सडक पूर्वाधार निर्माणका क्रममा रुख कटान विवाद भएपछि सडक डिभिजन कार्यालयले सूचना जारी गरेको छ।
- राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफूहरू रुख कटानमा संलग्न नभएको र स्थानीयले आफ्नै घरअगाडिका रुख काटेको बताएका छन्।
- डिभिजन वन कार्यालयले अध्यक्ष विष्टसहित जनप्रतिनिधिविरुद्ध मुद्दा दर्ता गरेपछि विष्टले उच्च अदालत जाने योजना बनाएको बताएका छन्।
८ पुस, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा पूर्वाधार निर्माणका क्रममा सडकको दायाँ-बायाँ रहेका संरचना हटाउन सडक डिभिजन कार्यालयले सूचना जारी गरेपछि रुख कटानको विषयलाई लिएर विवाद चुलिएको छ ।
राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले भने आफूहरूले कुनै पनि रुख कटानमा संलग्न नभएको बताएका छन् ।
‘हामीले न आरा चलायौँ, न कसैलाई रुख काट्न आदेश दियौँ,’ उनले भने, ‘जनप्रतिनिधिलाई जसले जे आरोप लगाए पनि हुने हो र?’
उनका अनुसार सडक डिभिजन कार्यालयको सूचनापछि कतिपय स्थानीयले आफ्नै घरअगाडिका रुख काटेका हुन् । तर त्यसको जिम्मेवारी जनप्रतिनिधिमाथि थोपर्ने प्रयास भएको उनको गुनासो छ ।
यसै विषयमा डिभिजन वन कार्यालय लमहीले गाउँपालिका अध्यक्ष विष्टसहित वडाका जनप्रतिनिधिहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि अध्यक्ष विष्टले असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले भने उक्त मुद्दाविरुद्ध आफूहरू उच्च अदालत जाने पनि बताए ।
‘हामी जिल्ला अदालतको फैसलालाई सम्मान गर्छौँ । न्यायालय लोकतन्त्रको मेरुदण्ड हो,’ अध्यक्ष विष्टले भने, ‘तर यो अन्तिम फैसला होइन । हामी सत्य र न्यायप्रतिको भरोसाका साथ उच्च अदालत जानेछौँ ।’
प्रतिक्रिया 4