News Summary
Generated by OK AI. Editorially reviewed.- २०८१ सालको फिल्म ‘खुश्मा’ मंगलबार केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलमा रिलिज भएको छ।
- फिल्मले सशस्त्र द्वन्द्वकालको पृष्ठभूमिमा बेपत्ता पारिएकाको परिवारको पीडा र मुख्य पात्रहरूको प्रेमकथा देखाएको छ।
- ‘खुश्मा’ व्यवसायिक सफल भएपछि निर्माताले नयाँ फिल्म ‘जलाकी’ निर्माणको तयारी थालेका छन्।
काठमाडौं । २०८१ सालको सुपरहिट फिल्म ‘खुश्मा’ युट्युबमा रिलिज भएको छ । धीरज मगर र उपासनासिंह ठकुरीको शीर्ष भूमिका रहेको यो फिल्म ‘रुकुम मैकोट’ गीतले विश्वब्यापी चर्चित बन्यो ।
मंगलबार केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलमा फिल्म स्ट्रिमिङ गरिएको छ ।
सशष्त्र द्वन्द्वकालको पृष्ठभूमिमा लेखिएको कथाले बेपत्ता पारिएकाको परिवारको पीडालाई दर्शाउँछ । त्यसबीच मुख्य पात्रहरूको प्रेमकथालाई पनि चित्रण गरिएको छ ।
फिल्ममा माओत्से गुरूङ, राज थापा काउचा, विजय सुब्बा, सुजाता राई, अस्तित्व भट्टचन, अरूण मगर, राजु रेग्मी मगर, संगीता थापालगायत कलाकारको अभिनय छ ।
हलमा रिलिजको एकवर्ष पछि युट्युबमा फिल्म आएको हो । ‘खुश्मा’ व्यवसायिक सफल बनेपछि यसका निर्माताले नयाँ फिल्म ‘जलाकी’ निर्माणको तयारी थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4