+
+
Shares

५ महिनामा सवा ४ अर्बको स्याउ आयात

यति परिमाणमा स्याउ आयात हुँदा सरकारले ४१ करोड ८० लाख २५ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले ४ अर्ब २४ करोड ६५ लाख ९४ हजार रुपैयाँ बराबरको स्याउ आयात गरेको छ।
  • यस अवधिमा ३८ हजार २ सय ९३ टन स्याउ आयात हुँदा सरकारले ४१ करोड ८० लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
  • गत आवको सोही अवधिसँग तुलना गर्दा चालु आवमा स्याउ आयात १३.७८ प्रतिशतले वृद्धि भएको छ।

९ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले सवा ४ अर्ब रुपैयाँ बराबरको स्याउ आयात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आव साउन-मंसिर अवधिमा ४ अर्ब २४ करोड ६५ लाख ९४ हजार रुपैयाँको स्याउ आयात भएको देखाएको छ ।

यो भनेको ३ करोड ८२ लाख ९३ हजार ६ सय २४ किलो अर्थात् ३८ हजार २ सय ९३ टन स्याउ आयात भएको छ ।

उक्त परिमाणमा स्याउ आयात हुँदा सरकारले ४१ करोड ८० लाख २५ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।

गत आव २०८१/८२ सोही अवधिमा ३ अर्ब ७३ करोड २२ लाख ४ हजार रुपैयाँको ३ करोड ६२ लाख ७३ हजार १ सय ४१ किलो (३६ हजार २ सय ७३ टन) स्याउ आयात गरेको थियो ।

गत आव सोही अवधिको तुलनामा चालु आव स्याउ आयात १३.७८ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?