१२ पुस, काठमाडौं । नेपाली कांग्रेसले चुनावमा पार्टीका उम्मेदवारविरुद्ध लागेर निलम्बनमा परेकाहरूको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वत: कार्वाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरेको हो ।
‘अघिल्लो निर्वाचनमा पार्टीको उम्मेदवार पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वत: कार्वाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय पनि कांग्रेसले गरेको छ,’ पार्टी निर्णयबारे जानकारी गराउँदै मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने ।
साथै, यसरी कारबाही माफी भएकाहरूको क्रियाशील सदस्यता निरन्तर कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय पनि भएको उनले बताए ।
प्रतिक्रिया 4