१२ पुस, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टीबाट मकवानपुरको क्षेत्र नं. १ का लागि पुराना नेता विरोध खतिवडादेखि युवा नेता विजय गौतमसम्म सिफारिस भएका छन् ।
खतिवडा विगतमा पटकपटक सांसद भएका नेता हुन् भने गौतम साविक नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज हुन् । पूर्वसांसद खतिवडाको क्षेत्र नं २ मा पनि शिफारिस भएको छ ।
क्षेत्र नं. १ बाट वहालवाला जनप्रतिनिधि सहित १३ जना र क्षेत्र नं. २ मा बहालवाला जनप्रतिनिधि ८ जनाको नाम आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा सिफारिस भएको छ ।
मकवानपुर क्षेत्र नं. १ बाट सिफारिस हुनेमा विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिङ् , किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, बीरबहादुर थिङ् रहेका छन् । सिफारिस हुनेमा वहालवाला प्रदेस सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय प्रमुख ललित घलान समेत रहेका छन् ।
त्यसैगरी मकवानपुर क्षेत्र नं. २ मा विरोध खतिवडा, रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेति, किशोर बर्तौलाको नाम सिफारिस छ । त्यस्तै सिफारिस हुने अन्यमा वहालवाला प्रदेश सभा सदस्य कुमारी मोक्तान, राक्सिराङ गककाउपालिका उपाध्यक्ष बनस्थम थिङ समेतको नाम रहेको छ ।
यसैगरी समानुपातिक तर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी, लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तान शिफारिस भएका छन् ।
समानुपातिक तर्फ बिभिन्न क्लस्टर अन्तर्गत शिफारिस हुने अन्यमा कृष्ण चेपाङ, रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोष कुमार तामाङ, बालकृष्ण चौलागाईं, रामहरि सुवेदी, कृष्णप्रसाद चौलागाईं र कृष्ण घिमिरे रहेका छन् ।
प्रतिक्रिया 4