News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजक बन्न इच्छुक कम्पनीहरूलाई आवेदन दिन फेरि आह्वान गरेको छ।
- प्रायोजन रकम वार्षिक न्यूनतम ६० लाख तोकिएको छ र अवधि दुई वर्ष रहनेछ।
- आवेदन जनवरी ४ बिहान ११ बजेभित्र क्यानको कार्यालयमा बुझाउनुपर्नेछ र ३० हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ।
२८ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन फेरि एकपटक आह्वान गरेको छ।
यसअघि गत साउनमा पहिलोपटक आवेदन खुलाइएको थियो । तोकिएको समयमा आवेदन प्राप्त नभएपछि फेरि खुलाइएको क्यानले जनाएको छ ।
प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ तोकिएको छ । अवधि २ वर्ष रहनेछ र आपसी सहमतिमा बढाउन सकिने व्यवस्था छ। प्रायोजन अन्तर्गत ब्रान्डको लोगो जर्सीको अगाडि रहनेछ।
आवेदनका लागि सरकारी कानुनअनुसार अनुमति प्राप्त सबै ब्रान्डहरू सहभागी हुन पाउनेछन्। आवेदन जनवरी ४ को विहान ११ बजेभित्र क्यानको मुलपानीस्थित कार्यालयमा कम्पनीको लेटरहेडमा हस्ताक्षर र छापसहित बुझाउनुपर्नेछ। साथै ३० हजार रुपैयाँको धरौटी रकम सिद्धार्थ बैंक, हातिसार शाखामा जम्मा गर्नुपर्नेछ।
आवेदनसँगै कम्पनी दर्ता प्रमाणपत्र, प्यान/भ्याट प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, आवश्यक लाइसेन्स, कम्पनी प्रोफाइल, ब्रान्डिङ योजना र अघिल्लो प्रायोजन अनुभव (भए) पेश गर्नुपर्नेछ।
यसअघि पुरुष क्रिकेट टोलीको जर्सी प्रायोजक नासा सेक्युरिटिज बनिसकेको छ।
प्रतिक्रिया 4