News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले रवि लामिछाने र बालेन्द्र शाहबीचको एकताप्रति कांग्रेस आत्तिनुपर्ने अवस्था नभएको बताउनुभयो।
- उहाँले रवि र बालेन दुवै दागरहीत नेता नभएको र उनीहरू मिल्दा कांग्रेसलाई खासै प्रभाव नपर्ने उल्लेख गर्नुभयो।
- महतले शासन चलाउन सुस्पष्ट नीति, अनुभव र देशव्यापी संगठन आवश्यक भएको र कांग्रेस नै मुख्य दल भएको बताउनुभयो।
१३ पुस, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भएको एकताप्रति टिप्पणी गरेका छन् ।
आइतबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले रवि र बालेन दुवै दागरहित नेता नभएको भन्दै उनीहरू मिल्दैमा कांग्रेस आत्तिनुपर्ने अवस्था नभएको बताएका हुन् ।
‘यसबाट खासै प्रभाव पर्ने मैले देखेको छैन । उहाँहरू कुनै दागरहित र प्रश्न नभएका व्यक्तित्व त होइन । न रास्वपाका नेता न बालेनजी । धेरै ठूलो प्रश्न उठेको छ, जनताले मूल्याङ्कन गरिरहेका छन्,’ उनले भने, ‘शासन चलाउने भनेको सुस्पष्ट नीति दिशा हुनुपर्छ । अनुभव पनि हुनुपर्छ । देशव्यापी संगठन पनि हुन्छ । यो भयो भने मात्र जनताको विश्वास लिन सकिन्छ । यसका लागि कांग्रेस नै मुख्य दल हो । नेपाली कांग्रेसले उहाँहरू मिल्नुभयो भनेर आत्तिनुपर्ने अवस्था छैन ।’
प्रतिक्रिया 4