+
+
Shares

कारबाही फुकुवाबारे कांग्रेसको निर्णय एउटा, पत्राचार अर्कै

अघिल्लो दिनको निर्णयलाई मुख्यसचिव कृष्ण प्रसाद पौडेलले आज मातहतका तल्ला समितिहरूमा परिपत्र गर्दा भने नयाँ शब्द घुसाएर पठाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते २०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले गत निर्वाचनमा अनुशासनको कारबाही भएका नेताकर्मीमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ।
  • कारबाही फुकुवा भएका व्यक्तिहरूको क्रियाशील सदस्यता निरन्तरता कायम गरी नवीकरण गर्ने निर्णय भएको छ, तर बहाल पद नरहने वाक्य थपिएको छ।
  • कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले थपिएको वाक्यमा खासै परिवर्तन नभएको र पहिले घुमाउरो तर अहिले सिधै लेखिएको मात्र भएको बताए।

१३ पुस, काठमाडौँ । नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाहीको विषयमा ३ वटा निर्णय गर्‍यो ।

निर्णयको १ नम्बरमा गत निर्वाचनमा अनुशासनको कारबाही गरेका नेता कार्यकर्तामाथि गरिएको कारबाही फुकुवा गर्ने उल्लेख थियो ।

निर्णय १(क) मा उल्लेख थियो, ‘ विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तीनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन र पार्टीको विधानअनुसार स्वत: कारबाही परेकाहरूको बाँकी अवधि माफी/मिनाह गर्ने निर्णय गरिएको छ ।’

निर्णय १ को ‘ख’ मा यसरी कारबाही माफी/मिनाहा भएका व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने उल्लेख छ ।

यही निर्णयलाई मुख्यसचिव कृष्ण प्रसाद पौडेलले आज मातहतका तल्ला समितिहरूमा परिपत्र गर्दा भने नयाँ शब्द नै घुसाएर पठाएको पाइएको छ ।

शनिबार निर्णय हुँदा बुँदा ‘ख’ मा कारबाही फुकुवा हुनेबाहेक अन्य उल्लेख थिएन । आज आइतबार भएको परिपत्रमा भने कारबाही फुकुवा हुने तर बहाल पद नरहने भन्ने वाक्य नै थपेर पठाएका छन् ।

उनले थपिएको बुँदामा उल्लेख छ, ‘कारबाही माफी/मिनाहा भएका व्यक्तिहरूको पार्टीको बहाल रहेको पद नरहने गरी क्रियाशील सदस्यलाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय यो बैठक गर्दछ।’

यस विषयमा अनलाइनखबरले कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेललाई निर्णय एउटा अनि जारी थपेर किन पठाइएको भनेर सोध्दा उनले खासै परिवर्तन भएको जवाफ दिए ।
उनले भने, ‘खासै केही थपिएको छैन । हिजो घुमाउरो पाराले थियो । आज सिधै लेखिदिएको मात्रै हो ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?