News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिनमा पाँच दलहरूले आफ्नो सूची बुझाइसकेका छन्।
- नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १ सय १० जनाको सूची आयोगमा बुझाएका छन्।
- जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाल लोकतान्त्रिक पार्टीले १२-१२, कम्युनिस्ट पार्टी मार्क्सवादीले २० जनाको सूची बुझाएको छ।
१४ पुस, काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन दलहरू निर्वाचन आयोग पुग्न थालेका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगमा बन्दसूची बुझाउने आज अन्तिम दिन हो । भर्खरै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू बन्दसूची लिएर आयोग पुगेका हुन् ।
अधिकांश दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा छन् । यसैबीच, आयोग परिसरमा नेपाली कांग्रेसका नेताहरू पनि पुगेका छन् ।
आयोगमा अहिलेसम्म बन्दसूची बुझाउने दलको संख्या ५ पुगेको छ । आयोगले दिएको सूचना अनुसार, हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले बन्द सूची बुझाइसकेका छन् ।
नेमकिपा र राष्ट्रिय जनमोर्चाले १ सय १० जनाको सूची बुझाएको छ । नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२ र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० जना उम्मेदवारको सूची आयोगमा बुझाएको हो ।
प्रतिक्रिया 4