+
+
Shares

नेकपा समानुपातिकको पहिलो नम्बरमा प्रमेश हमाल

नेकपाले यसअघि समानुपातिक र प्रत्यक्ष सांसद बनिसकेकाहरूलाई सूचीमा नराख्ने नीति बनाउँदा उनी एक नम्बर सूचीमा परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते २०:१९

१४ पुस, काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक तर्फ खस आर्यको पहिलो नम्बरमा प्रमेश हमाललाई राखेको छ ।

नेकपा बन्नुअघि उनी एकीकृत समाजवादीका बरिष्ठ नेता थिए । नेकपाले यसअघि समानुपातिक र प्रत्यक्ष सांसद बनिसकेकाहरूलाई सूचीमा नराख्ने नीति बनाउँदा उनी एक नम्बर सूचीमा परेका हुन् ।

‘यसअघि संघ र प्रदेशको सांसद भएकालाई नराख्ने मापदण्डले धेरै नेताहरु बाहिरिनुभयो, र समानुपातिक सूचीमा पर्ने प्रमेश हमाल नै सिनियर नेता हुनुभयो,’ स्रोत भन्छ । उनका अनुसार खस आर्य पुरुष तर्फको सूचीमा गोविन्दराज पौडेल पनि छन् ।

दलिततर्फ गणेशबहादुर विश्वकर्मा, जनजाति तर्फ भगवतकुमार श्रेष्ठ र महिला तर्फ दिलुकुमारी पन्त प्राथमिकतामा छन् । ताजमोहमद मिया, अरुणा बस्नेत, दीपक जंघम, कमलराय यादव, श्रीप्रसाद साह, सरद रसाइली, डा. मित्र परियार, राममणि पोखरेल लगायतको नाम बन्दसूचीमा समावेश रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?