१९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले कम्युनिष्ट एकता भाँड्नका लागि प्रतिक्रियावादीहरू भित्रभित्र सलबलाएको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरिएको एकता घोषणा सभामा स्वागत मन्तव्य दिने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
‘हाम्रो एकतालाई भाँड्नका लागि चौतर्फी रुपमा प्रतिनिधि सञ्चालन भए । त्यस्ता प्रतिक्रियावादी, यथास्थितिवादी, दलालहरू एकता भाँड्न भित्रभित्रै सलबलाए,’ हमालले भने ।
उनले अहिले आफूहरू एकताबद्ध भएर उभिएको र अब एकजुट भएर अघि बढ्ने पनि जिकिर गरे ।
साथै, उनले नेपालबाट मात्रै नभइ अन्तर्राष्ट्रिय शक्तिहरू पनि आजको एकता सभालाई लिएर आत्तिएको बताएका छन् ।
‘अहिले हामी एकताबद्ध भएर उभिएका छौं । नेपालभित्रमात्रै नभइ नेपालको सीमानाभन्दा पनि बाहिरबाट पनि अत्तालिएर हाम्रो एकतालाई हेरिएको छ,’ उनले भने, ‘प्रतिक्रियावादी शक्तिहरू सल्बलाएका छन् । हामीले ध्यान दिनुपर्नेछ । सामाजिक, आर्थिक रुपान्तरणको बाटोमा अघि बढ्नुपर्नेछ ।’
प्रतिक्रिया 4