+
+
Shares

गोरखा हुलाक कार्यालय स्मार्ट घोषणा

कार्यालयको सेवालाई ‘डिजिटलाइज’ गर्दै प्रविधिमैत्री बनाउन सफल भएकाले स्मार्ट घोषित भएको कार्यालय प्रमुख विनोदप्रसाद गैरेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते २०:०५

१४ पुस, गोरखा । जिल्ला हुलाक कार्यालय गोरखा नेपालकै पहिलो ‘स्मार्ट हुलाक’ बन्न सफल भएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा कार्यालयलाई स्मार्ट हुलाक घोषणा गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री खरेलले हुलाकलाई व्यावसायिक सेवाको रूपमा प्रयोग गर्न सकिने बताए ।

‘हुलाकलाई गुड्ससँग जोड्न सकियो भने कार्यालयलाई थप चलायमान बनाउछ सकिन्छ,’ उनले भने, ‘आम्दानीको स्रोत पनि बलियो हुन्छ ।’ त्यसका लागि सरकार विशेष योजना बनाएर अघि बढ्ने उनले आश्वासन दिए ।

कार्यालयको सेवालाई ‘डिजिटलाइज’ गर्दै प्रविधिमैत्री बनाउन सफल भएकाले स्मार्ट घोषित भएको कार्यालय प्रमुख विनोदप्रसाद गैरेले बताए ।

‘देशका अधिकांश हुलाक कार्यालयलाई स्मार्ट बनाउने भन्ने केन्द्रको योजना नै हो,’ उनले भने, ‘हामी पहिलो भयौ, गोरखाबाट शुभारम्भ भयो ।’

मुख्यतया कार्यालयबाट ‘पिट्स’ अनलाइन सेवा संचालन गर्न सफल भएकाले स्मार्ट हुलाक घोषणा भएको उनले जानकारी दिए ।

‘पिट्स भनेको पोष्टल इन्टरनल ट्रयाकिङ सिस्टम हो, यो सिस्टमबाट सेवाग्राही आफूले पठाएको चिठी कतिबेला कहाँ पुग्यो भनेर सबै आफैले हेर्न मिल्छ,’ उनले भने ।

जिल्लाका सबै स्थानीय तहमा रहेका हुलाक कार्यालयबाट ‘पिट्स’ अनलाइन सेवा सञ्चालन भइसकेको उनले बताए । अन्य सेवालाई पनि डिजिटलाइज गर्दै लगिएको उनले जानकारी दिए । उनका अनुसार जिल्लामा एक स्थानीय तह एक हुलाक कार्यालय र जिल्लाभर ३३ वटा अतिरित्त हुलाक कार्यालय रहेको छन् ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख गैरेले डाँक गाडी नहुँदा सेवामा केही ढिलाइ भएको मन्त्रीसमक्ष गुनासो राखे । कर्मचारी जनशक्तिको अभाव रहेको बताउँदै उनले हुलाकको सेवा विविधिकरण र बिस्तारमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै मन्त्रालयकी सचिव राधिका अर्यालले कार्यालयहरुमा स्रोत साधन र जनशक्ति अभाव रहेको बताइन् । पुराना ऐन र नियम पनि परिमार्जन उनको धारणा छ ।

जिल्लाका सरकारी कार्यालयहरुलाई हुलाकसँग जोडिन पनि उनले आग्रह गरिन् । कार्यक्रममा हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनी पनि सहभागी थिइन् ।

प्रविधिमैत्री, पारदर्शी, विश्वसनीय तथा द्रुत सेवा सञ्चालनमा अग्रणी स्थान हाँसिल गर्दै गोरखा जिल्ला हुलाक कार्यालय देशकै उत्कृष्ट बन्न पनि सफल भएको छ ।

हुलाक विभागद्वारा लागु गरिएका विभिन्न मापदण्ड सबैभन्दा पहिले पूरा गरी जिल्ला हुलाक कार्यालय गोरखा सर्वोत्कृष्ट बन्न सफल विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?