+

एन्फाको ‘अर्ली इलेक्सन’ रोक्ने मागसहित राखेपमा निवेदन

२०८२ पुष  १७ गते १७:१७ २०८२ पुष १७ गते १७:१७
एन्फाको ‘अर्ली इलेक्सन’ रोक्ने मागसहित राखेपमा निवेदन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्फा उपाध्यक्ष विराटजंग शाही र सदस्य रुपेश अधिकारीले माघ २८ गते झापामा हुने निर्वाचन रोक्न राष्ट्रिय खेलकुद परिषद सदस्य सचिवलाई निवेदन पेश गरेका छन्।
  • उनीहरूले निर्वाचन अग्रिम गर्ने निर्णय विधान र कानुनी व्यवस्थाको उल्लंघन भएको भन्दै आधिकारिक पत्रमार्फत आपत्ति जनाएका छन्।
  • कार्यसमिति सदस्यहरूले जिल्ला निर्वाचन नगरी केन्द्रको निर्वाचन घोषणा गर्नु लोकतान्त्रिक प्रक्रिया विपरीत भएको र कानुनी तथा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका छन्।

१७ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को माघ २८ गते झापामा गर्ने भनिएको निर्वाचन रोक्न माग गर्दै एन्फा उपाध्यक्ष विराटजंग शाही र सदस्य रुपेश अधिकारीले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहतासमक्ष निवेदन पेश गरेका छन् ।

उनीहरूले यो निर्णय विधान र कानुनी व्यवस्थाको ठाडो उल्लंघन भएको भन्दै आधिकारिक पत्रमार्फत आपत्ति जनाएका हुन्।

एन्फाको पुस १६ गते बसेको कार्यसमिति बैठकले अग्रिम निर्वाचन गर्ने निर्णय गरेको थियो। तर सदस्यहरूले एन्फा विधानमा अग्रिम निर्वाचनको कुनै व्यवस्था नभएको र हाल कुनै पनि पद रिक्त नरहेको भन्दै निर्वाचन घोषणा गर्नु अवैधानिक भएको बताएको छ ।

उनीहरूले वर्षमा एकपटक मात्रै साधारण सभा गर्न पाइने व्यवस्था हुँदाहुँदै यसअघि नै साधारण सभा सम्पन्न भइसकेको अवस्थामा पुनः निर्वाचनका लागि साधारण सभा बोलाउनु विधानविपरीत भएको बताएका छन्। साथै, जिल्ला फुटबल संघहरूको निर्वाचन नगरी केन्द्रको निर्वाचन घोषणा गर्नु लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको उल्लेख गरिएको छ।

विरोध पत्रमा नयाँ सदस्यहरूको मताधिकार खोसिने अवस्था सिर्जना भएको, सर्वोच्च अदालतको नजीर विपरीत कार्य भइरहेको र नेतृत्वको आलोचना गर्ने सदस्यहरूलाई अवैधानिक रूपमा निलम्बन गरिएको आरोप पनि लगाइएको छ।

त्यसैगरी, पछिल्ला वर्षहरूमा लिग प्रतियोगिता नियमित रूपमा नहुनु, खेलाडीलाई दिइने प्रोत्साहन घटाइनु र खेलाडीहरू स्वयंले पदक फिर्ता गरेर विरोध गर्नुपरेको अवस्थाले नेपाली फुटबल गम्भीर संकटमा परेको उनीहरूको भनाइ छ।

कार्यसमिति सदस्यहरूले पहिले जिल्ला निर्वाचन सम्पन्न गरी मात्र केन्द्रीय निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन्। यदि जबर्जस्ती अग्रिम निर्वाचन अगाडि बढाइए कानुनी र आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी पनि उनीहरूले दिएका छन्।

एन्फा विराटजंग शाही

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय