News Summary
Generated by OK AI. Editorially reviewed.- नवौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष र महिला दुवैतर्फ सेमिफाइनल खेलहरू १८ पुस काठमाडौंमा हुँदैछन्।
- महिलातर्फ पहिलो सेमिफाइनलमा न्यु डायमन्ड र एपीएफ क्लब बिहान ९ बजे खेल्नेछन् भने दोस्रोमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब दिउँसो १२ बजे भिड्नेछन्।
- पुरुषतर्फ पहिलो सेमिफाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब दिउँसो २ बजे खेल्नेछन् भने दोस्रोमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन्।
१८ पुस, काठमाडौं । नवौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष र महिला दुवैतर्फ सेमिफाइनलका खेलहरू आज हुँदैछन् ।
महिलातर्फ पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता एपीएफ क्लब खेल्नेछन् । खेल विहान ९ बजेदेखि हुनेछ ।
दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लब र समूह बी को विजेता नेपाल पुलिस क्लब खेल्ने छन् । खेल दिउँसो १२ बजे हुनेछ ।
सेमिफाइनलमा पुगेका चार टोलीसहित समूह चरणमा तेस्रो भएका एभरेस्ट भलिबल क्लब र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् १०औं पीएम कप एनभीए भलिबल लिगका लागि छनोट भएका छन् ।
त्यस्तै पुरुषतर्फ पहिलो सेमिफाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
दोस्रो सेमिफाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।
दुवैतर्फका फाइनल खेल शनिबार हुनेछन् ।
प्रतिक्रिया 4