१७ पुस, काठमाडौं । संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने मुख्य ‘लाइफलाइन’ को रूपमा मानिने पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा–मुग्लिन सडक विस्तार एवं स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।
सडक विस्तार एवं स्तरोन्नतिको काम धमाधम भइरहेका कारण ठाउँ-ठाउँमा सवारी जाम समेत हुने गरेको छ ।
सडक विस्तार एवं स्तरोन्नतिको काम भइरहेको स्थानमा ‘वान वे’ बाट सवारीसाधन गुड्ने व्यवस्था मिलाइएका कारण केही ठाउँमा बेलाबेलामा सवारी जाम हुने गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङ प्रहरीका अनुसार विगत दुई महिना यता पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा-मुग्लिन सडक खण्डका विभिन्न स्थानमा सडक विस्तार एवं स्तरोन्नतिको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4