+
+
Shares

प्रतिवेदन लेख्न गगन धुलिखेलमा, देउवालाई विशेष महाधिवेशनको जानकारी विश्वले दिने

नेपाली कांग्रेसपाली कांग्रेसका महामन्त्री गगन थापा राजनीतिक प्रतिवेदन लेखनका लागि काभ्रेको धुलिखेल पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १९:५४

१७ पुस, काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापा राजनीतिक प्रतिवेदन लेखनका लागि काभ्रेको धुलिखेल पुगेका छन् । पार्टीको नियमित महाधिवेशन स्थगन भएको विज्ञप्ति जारी गरेर थापा धुलिखेल पुगेका हुन् ।

विशेष महाधिवेशन पुस २७-१८ मा गर्ने प्रस्तावसहित उनी राजनीतिक प्रतिवेदन तयारीमा लागेका हुन् ।

कांग्रेसको विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर पार्टी कार्यालयमा बुझाएका थिए । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले पनि सोही आधारमा विशेष महाधिवेशनको विकल्प नभएको बताउँदै आएका छन् ।

नियमित अधिवेशनको तालिका तोकिए पनि तालिकाअनुसार कामकारबाही हुन नसकेपछि महामन्त्रीहरूले विशेषको तयारीमा जुटेकेको बताएका छन् ।

नियमितको तालिकाअनुसार आज कांग्रेसको गाउँ/नगर अधिवेशन हुनुपर्ने हो । अधिवेशन पर धकेल्ने रणनीति भएको भन्दै आज साँझ महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगन र विशेष बाध्यकारी भएको उल्लेख गरेका छन् ।

विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले महामन्त्री थापा प्रतिवेदन लेख्नकै लागि धुलिखेल गएको बताउँछन् । ‘उहाँ विशेष महाधिवेशन केन्द्रित राजनीतिक प्रतिवेदन लेख्न धुलिखेल जानु भएको छ,’ उनले भने, ‘अर्को महामन्त्री विश्वप्रकाश शर्माले सभापतिलाई यसबारे भोलि भेटेरै जानकारी गराउने तयारी छ ।’

सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच आज साँझ ५ बजे छलफल तय भएको थियो । तर, अन्तिममा पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत थापा र शर्मालाई छलफल स्थगित भएको सूचना पठाइएको थियो ।

कांग्रेसमा कारण खुलाएर विशेष महाधवेशनको माग गर्न सक्ने प्रावधान छ । विशेष महाधिवेशन माग गरेको ९० दिनभित्र अधिवेशन बोलाउनुपर्ने वैधानिक व्यवस्था छ । विशेष पक्षधरले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएको पुस २८ गते ९० दिन पूरा हुँदैछ । थापा र शर्माले पुस २७ गते विशेष महाधिवेशन गर्ने तयारीसहित कारबाही अघि बढाएका छन् ।

विशेषपक्षले भृकुटीमण्डपमा ठाउँ बुक गरिसकेका छन् । विशेष पक्षधरका तर्फबाट नेता रमेश धमलाले ठाउँ बुक गरुेका हुन् ।

विशेष पक्षले भोलि बिहान ११ बजे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने पनि जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?