News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने बताएका छन्।
- उनले गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने जानकारी दिएका छन्।
- कार्कीले आफ्नो पार्टी आगामी संसदीय निर्वाचनबाट नभाग्ने र निष्पक्ष मतदान वातावरण बनाउनुपर्ने बताए।
१७ पुस, मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने बताएका हुन् ।
नेकपा एमालेका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले आफ्नो पार्टी आगामी संसदीय निर्वाचनबाट नभाग्ने बताउँदै यसका लागि सरकारले निष्पक्ष र भयरहीत वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4