+
+
Shares

इक्यान अध्यक्षमा भुसालको उम्मेदवारी घोषणा, अघि सारे २६ एजेन्डा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १९ गते १६:३७

१९ पुस, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्ष पदका लागि दिपकराज भुसालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

संघको आगामी पुस २८ गते नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि भुसालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै विभिन्न २६ वटा एजेन्डा अघि सारेको छ ।

नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने साझा अभियान आफ्नो टिमले अघि सारेको भुसालको भनाइ छ ।

सदस्य सेवा, व्यवसायिक प्रतिष्ठ, नेतृत्व क्षमता, संस्थागत स्थिरता लगायतमा आफ्नो समूहको एजेन्डा रहेको उनको भनाइ छ ।

आफ्नो नेतृत्वमा इक्यानका ७ सय सदस्यलाई विश्वसनीय र गरिमामय बनाउँदै विश्वमा प्लेटफर्म स्थापित गर्नु नै मुख्य एजेन्डा रहेको उनले बताए । उनकै टिमबाट महासचिवमा भवनाथ हुमागाईंले उम्मेदवारी घोषणा गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?