+
+
Shares

भेनेजुएलाका राष्ट्रपतिलाई देशबाहिर पुर्‍याइनु भर्त्सनायोग्य : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १९ गते २१:३३

१९ पुस, काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले सैन्य बल प्रयोग गरेर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नै देशबारिह पुर्‍याउने कार्य अत्यन्तै गम्भीर चिन्ताजनक भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्ता कदमले देशको सार्वभौमिकता र जनताको जनादेशमाथि प्रश्न उठाएको बताएका हुन् ।

‘भेनेजुएलाको आन्तरिक राजनीतिक मामलामा सैन्य बल प्रयोग गरी राष्ट्रपतिलाई नै देशबाहिर पुर्‍याइनु अत्यन्तै गम्भीर र चिन्ताजनक विषय हो,’ शर्माले भनेका छन्, ‘यस्तो कदमले न केवल त्यस देशको सार्वभौमिकता र जनताको जनादेशमाथि प्रश्न उठाएको छ, बरु अन्तर्राष्ट्रिय सुरक्षा, लोकतान्त्रिक मूल्य र राज्यहरूबीचको मर्यादालाई समेत जोखिममा पारेको छ । यो कार्य भत्सर्ना योग्य छ ।’

आपसी समस्या समाधानको बाटो संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियामार्फत खोजिनु पर्ने उनको भनाइ छ । ‘सैन्य हस्तक्षेपमार्फत होइन । अन्तर्राष्ट्रिय समुदायले यस घटनालाई गम्भीरतापूर्वक लिनु आवश्यक छ,’ शर्माले भनेका छन् ।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई पत्नीका साथ पक्राउ गरेर देशबाहिर लगिएको दाबी गरेका छन् । राजधानी कारकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए ।

उनले एक बयानमा अमेरिकी सैन्य आक्रमणको निन्दा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?