+

डेक्लान राइस चम्किँदा शीर्षस्थानको आर्सनलको जित

२०८२ पुष  २० गते ८:१९ २०८२ पुष २० गते ८:१९
डेक्लान राइस चम्किँदा शीर्षस्थानको आर्सनलको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा आर्सनलले बर्नमाउथलाई ३-२ गोलअन्तरले हराएको छ।
  • डेक्लान राइसले २ तथा गाब्रियल मागाल्सले १ गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे।
  • जितपछि आर्सनलको २० खेलमा ४८ अंक भएको छ र शीर्षस्थानमा छ।

२० पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले बर्नमाउथलाई हराएको छ । बर्नमाउथको मैदानमा भएको खेलमा आर्सनल ३-२ गोलअन्तरले विजयी भएको हो ।

आर्सनलको जितमा डेक्लान राइसले २ तथा गाब्रियल मागाल्सले १ गोल गरे । बर्नमाउथका इभालिन्सन र एली जुनियर क्रुपीले १-१ गोल गरे ।

खेलमा सुरुवाती अग्रता १०औं मिनेटमा इभालिन्सनको गोलमार्फत बर्नमाउथले लिएको थियो । १६औं मिनेटमा गाब्रियलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको ५४औं र ७१औं मिनेटमा राइसले गोल गर्दै आर्सनललाई ३-१ को अग्रतामा पुर्‍याए । ७६औं मिनेटमा क्रुपीले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गोल भएनन् ।

घुँडाको समस्यापछि यसअघिको गेमविकमा नखेलेका राइसले यस खेलमा म्याच विनिङ प्रदर्शन गरे ।

जितपछि शीर्षस्थानको आर्सनलको २० खेलमा ४८ अंक भएको छ र ६ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको एस्टन भिल्लाको ४२ अंक छ भने तेस्रो स्थानको सिटीको १९ खेलमा ४१ अंक छ ।

पराजित बर्नमाउथको २० खेलमा २३ अंकसहित १५औं स्थानमा छ ।

गएराति नै भएका अन्य खेलमा वुल्भ्सले वेस्ट ह्‍यामलाई ३-० ले हराउँदा ब्राइटनले बर्नलीलाई २-० ले पराजित गर्‍यो ।

आर्सनल इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय