News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस ला लिगामा बार्सिलोनाले इस्पान्योललाई २-० ले हराउँदै शीर्षस्थानमा ४९ अंकसहित अग्रता बढाएको छ।
- बार्सिलोनाका डानी ओल्मोले ८६औं र रोबर्ट लेवान्डोस्कीले ९०औं मिनेटमा गोल गरे।
- रियल मड्रिड ४२ अंकसहित दोस्रो र इस्पान्योल ३३ अंकसहित पाँचौं स्थानमा छन्।
२० पुस, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सलोनाले जित हासिल गर्दै अग्रता बढाएको छ । गएराति भएको खेलमा बार्सिलोनाले इस्पान्योललाई २-० ले हराएको हो ।
बार्सिलोनाको जितमा डानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । ओल्मोले ८६औं तथा लेवान्डोस्कीले ९०औं मिनेटमा गोल गरेका थिए ।
जितपछि बार्सिलोनाले२० खेलमा ४९ अंक जोडेको छ । एक खेल कम खेल्दा ४२ अंक भएको रियल मड्रिड दोस्रो स्थानमा छ ।
पराजित इस्पान्योल ३३ अंकसहित पाँचौं स्थानमा छ ।
प्रतिक्रिया 4