+
+
Shares

भेटिएको पैसा फिर्ता, भेटाउनेलाई सम्मान

गुल्मीको रेसुङ्गा नगरपालिका–१ हुलाक चोकमा भेटिएको नगद ४९ हजार ५०० धनीलाई फिर्ता गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको रेसुङ्गा नगरपालिका–१ हुलाक चोकमा भेटिएको नगद ४९ हजार ५०० रुपैयाँ धनीलाई फिर्ता गरिएको छ।
  • कुलप्रसाद मरासिनीले आइतबार बिहान उक्त रकम फेला पारी जिल्ला प्रहरी कार्यालय गुल्मीमा बुझाएका थिए।
  • प्रहरीले बैंक स्टेटमेन्टका आधारमा रकम चुराबहादुर थापाको भएको पुष्टि गरी पैसा फिर्ता गरेको हो।

२० पुस, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–१ हुलाक चोकमा भेटिएको नगद ४९ हजार ५०० धनीलाई फिर्ता गरिएको छ । आइतबार बिहान कुलप्रसाद मरासिनीले उक्त रकम फेला पारी जिल्ला प्रहरी कार्यालय गुल्मीमा बुझाएका थिए ।

प्रहरीले सोधखोज गर्दा गुल्मीदरबार गाउँपालिका–१ का चुराबहादुर थापाले एसबीआई बैंकबाट निकालेको रकम खर्चपछि जाकेटको गोजीमा राखेको तर खसेको पुष्टि भयो । बैंक स्टेटमेन्टका आधारमा रकम थापाकै भएको प्रमाणित भएपछि प्रहरीले पैसा धनीलाई फिर्ता गरेको हो ।

इमान्दारिता देखाउँदै भेटिएको रकम प्रहरीमा बुझाएको प्रशंसा गर्दै चुराबहादुरले कुलप्रसादलाई करुवाले सम्मानसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?