+
+
Shares

एमाले कञ्चनपुरमा प्रतिनिधिसभा उम्मेदवार छान्न चुनाव, जिल्ला अध्यक्ष नै पराजित

सार्वजनिक मतपरिणाम अनुसार विजयी भएकी जोशीले ४४ मत प्राप्त गर्दा बुढाले ४१ मत मात्रै पाएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १७:३५

२० पुस, काठमाडौं । नेकपा एमालेले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयनका लागि भएको निर्वाचनमा जिल्ला अध्यक्ष लक्ष्मी बुढा पराजित भएकी छिन् ।

प्रतिनिधि सभाका लागि महिलातर्फ उम्मेदवारी दिएकी बुढालाई प्रदेश कमिटी सदस्य पार्वती जोशीले तीन मतले पराजित गरेकी हुन् । सार्वजनिक मतपरिणाम अनुसार विजयी भएकी जोशीले ४४ मत प्राप्त गर्दा बुढाले ४१ मत मात्रै पाएकी छन् ।

यस्तै, पुरुषतर्फ अशोककुमार चन्द र नरबहादुर धामी विजयी भएका छन् । चन्दले ६१ र धामीले ५७ मत पाएका छन् । अर्का उम्मेदवार बचन बहादुर सिंहले भने ५० मत पाएका छन् ।

आकांक्षीहरूबीच सहमतिको प्रयास विफल भएपछि कञ्चनपुर–२ को क्षेत्रीय समन्वय कमिटीले मतदान प्रक्रियामार्फत आकांक्षीको टुंगो लगाउने निर्णय गरेको थियो ।

मतदानमा क्षेत्रीय समन्वय कमिटीमा आबद्ध ९८ जना सदस्यले मत हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?