+
+
Shares

कर्मचारी कुट्ने नेफ्स्कुन सञ्चालक निलम्बित

संघको आइतबार सम्पन्न सञ्चालक समिति बैठकले भोटेलाई निलम्बन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघले सञ्चालक वीरबहादुर रावतलाई कर्मचारीमाथि हातपात गरेको आरोपमा निलम्बन गरेको छ।
  • संघका कर्मचारीहरूले निलम्बन नभए आन्दोलन गर्ने तयारी गरेपछि सञ्चालक समितिले भोटेलाई निलम्बन गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।
  • सञ्चालक समितिले घटनाको विस्तृत अध्ययनका लागि समिति गठन गरेको र आवश्यक कारबाही गर्ने जनाएको छ।

२० पुस, काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) ले सञ्चालक वीरबहादुर रावत (भोटे) लाई निलम्बन गरेको छ ।

संघको आइतबार सम्पन्न सञ्चालक समिति बैठकले भोटेलाई निलम्बन गरेको हो । भोटेले संघका कर्मचारीमाथि हातपात गरेका थिए ।

कर्मचारीलाई कुटपिट गरेपछि संघका कर्मचारीहरूले उनलाई नहटाए पेनडाउन गरेर आन्दोलन गर्ने तयारीमा जुटेका थिए । कर्मचारीले आन्दोलन गर्ने तयारी गरेपछि संघ सञ्चालक समितिको बैठक बसेको थियो ।

आइतबार सम्पन्न संघ सञ्चालक समिति बैठकले भोटेलाई निलम्बन गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

‘कर्मचारीको माग अनुसार सञ्चालक समितिले निलम्बन गर्ने निर्णय गरेको हो’ ढकालले भने, ‘घटनामा के भएको हो, गल्ती कसको हो भन्ने अध्ययनका लागि समिति गठन भएको छ, समितिले विस्तृत अध्ययन गरी आवश्यक कारबाही गर्नेछ ।’

भोटेले आफूले पाउनुपर्ने भत्ता नदिएको भन्दै संघका कर्मचारीलाई कार्यकक्षमै कुटेका थिए । उनले कर्मचारीमाथि हातपात गरेको भिडियो नै सार्वजनिक भएको छ ।

सोही भिडियोमा भोटेले कर्मचारीलाई अपशब्द बोल्दै कुटपिट गरेको देखिन्छ । भोटे संघमा हिमाली सेभिङ एन्ड क्रेडिट कोअपरेटिभलाई प्रतिनिधित्व गर्दै सञ्चालकमा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?