+
+
Shares

बालेनसहित २६ जना रास्वपाको केन्द्रीय समितिमा मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १९:५०

२० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले मेयर शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

आजै दिउँसो रास्वपाले विवेकशील साझा पार्टीबाट आएका ७ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए ।

त्यसपछि पुन: बसेको बैठकले बालेनसहितलाई केन्द्रीय समितिमा नयाँ सदस्यहरू मनोनीत गरेको हो ।

त्यस्तै, रास्वपाले ४ जना पदाधिकारीको संख्या थप गर्ने निर्णय पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?