+
+
Shares

विकास सुस्त र सुशासन कमजोर हुँदा युवा पुस्तामा गहिरो असन्तुष्टि : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १६:०२
फाइल तस्वीर

२० पुस, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा विकासको गति सुस्त र सुशासनमा रहेका कमजोरीका कारण नवयुवा पुस्तामा गहिरो असन्तुष्टि रहेको बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खनालले नवयुवामा देखिएको असन्तुष्टि समय समयमा विभिन्न घटनाक्रममार्फत प्रकट हुँदै आएको उल्लेख गर्दै हालको राजनीतिक परिस्थिति समेत नवयुवाले व्यक्त गरेको असन्तोष र विद्रोहको परिणाम भएको बताए ।

आगामी २१ फागुनमा हुने निर्वाचनमा आम नागरिकले विकासको गति तीव्र बनाउने, सुशासनको अनुभूति दिलाउने तथा स्रोत र सम्पत्तिमाथिको अतिक्रमण घटाउँदै भ्रष्टाचार नियन्त्रण गर्नसक्ने राजनीतिक शक्तिलाई सत्तामा ल्याउने विश्वास समेत व्यक्त गरे ।

देशमा विकाससम्बन्धी नीति र योजना अभाव नभएको भन्दै उनले पञ्चवर्षीय योजना, दीर्घकालीन रणनीतिक योजना, मन्त्रालयका व्यावसायिक योजना तथा निजी क्षेत्रका योजनामा विकासको स्पष्ट खाका भए पनि कार्यान्वयनमा समस्या रहेको बताए ।

उनले मुलुकको विकास र समृद्धिका लागि बहस नभई व्यवहारमै देखाउनुपर्ने बताए ।

उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत मुलुकका समस्याहरूको हल गर्ने रणनीतिक योजना भएको राजनीतिक शक्तिलाई जिताउन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?