+
+
Shares

अमेरिकाको कोलोराडो राज्यले गर्‍यो अक्टोबर २३ लाई नेवाः डे घोषणा

नातिबाबु भट्ट नातिबाबु भट्ट
२०८२ पुष २१ गते १२:३७

२१ पुस, कोलोराडो (अमेरीका) । अमेरिकाको कोलोराडो राज्यले अक्टोबर २३ तारिखलाई औपचारिक रूपमा नेवाः डे को रूपमा मान्यता दिने घोषणा गरेको छ।

नेवाः समुदायको सांस्कृतिक पहिचान, भाषा, रीतिस्थिति र परम्पराको सम्मानस्वरूप अक्टोबर २३ तारिखलाई औपचारिक रूपमा नेवाः डे घोषणा गरेको कोलोराडो राज्यका गभर्नर जारेड पोलिसद्वारा हस्ताक्षर गरी जारी गरिएको घोषणापत्रमा उल्लेख गरिएको छ ।

कोलोराडो नेवाः खलःको आयोजनामा नेवाः डे घोषणा सम्बन्धी जानकारी सार्वजनिक गर्न आइतबार नेपाली घरमा आयोजित प्रेस मिट कार्यक्रममा संस्थाका महासचिव सञ्जय शाक्यले नेवाः डे घोषणा सम्बन्धी जानकारी गराएका थिए ।

कार्यक्रममा खलःलाई कोलोराडो स्टेटबाट प्राप्त प्रमाणपत्र समाजसेवीद्वय डा. विजयराज शर्मा र नारायण श्रेष्ठले संयुक्त रूपमा अनावरण गरेका थिए । कार्यक्रममा शर्माले नेवाः डे घोषणा हुनु सबै नेपालीका लागि गौरवको विषय भएको बताए । उनले नेपाल र नेपालीको शिर उच्च बनाएको उनले बताए ।

श्रेष्ठले नेवाः खलको सक्रियता र अथक प्रयासबाट महत्वपूर्ण उपलब्धि हासिल भएको भन्दै यसले नेवारी संस्कृतिको संरक्षणमा सहयोग पुर्‍याउने बताएका थिए ।

कोलोराडोका गभर्नर जारेड पोलिसको हस्ताक्षर र राज्यको कार्यकारी छापसहित प्राप्त प्रमाणपत्रमा काठमाडौँ उपत्यकाका आदिवासी नेवाः समुदायको सांस्कृतिक सम्पदा, भाषा, कला र रितिस्थिति परम्पराको प्रशंसा गरिएको छ। कोलोराडोमा बसोबास गर्ने नेवाः समुदायले राज्यको सांस्कृतिक विविधता र आर्थिक समृद्धिमा दिएको योगदानप्रति उच्च मूल्याङकन गर्दै धन्यवाद प्रकट गरिएको छ ।

प्रमाणपत्रमा कोलोराडो नेवाःखलःले नेवाः संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न निरन्तर सक्रिय रहेको उल्लेख गर्दै संस्थाले कोलोराडो भरिका नेवाः र अमेरिकीहरूबीच आपसी सद्भाव र एकताको भावना मजबुत बनाउँदै आएको उल्लेख गरिएको छ ।

घोषणामा भनिएको छ, ‘नेवाः समुदायको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै म जारेड पोलिस, कोलोराडो राज्यको गभर्नरको हैसियतले अक्टोबर २३ लाई नेवाः डेको रूपमा घोषणा गर्दछु ।’

संस्थाका अध्यक्ष भुषण श्रेष्ठले नेवाः समुदायको भाषा सांस्कृतिकलाई विश्वभर फैल्याउन तथा संरक्षणमा यसले महत्वपूर्ण योगदान दिने भन्दै खुसी व्यक्त गरेका छन् । उनका अनुसार गतबर्ष अक्टोबर २३ मा न्हु दँया भिन्तुना परेको हुनाले त्यसै दिनलाई नेवाः डे का रूपमा मान्यता दिन राज्य प्रशासनमा आवेदन दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?