+
+
Shares

पुलिस एकेडेमीले आफ्नै ‘गान’ ल्याउँदै

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)ले आफ्नै ‘गान’ (एन्थम) ल्याउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १३:३०

२१ पुस, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)ले आफ्नै ‘गान’ (एन्थम) ल्याउने भएको छ ।

२०१२ सालदेखि औपचारिक रुपमा लाखौं प्रहरी उत्पादन गर्दै आएको प्रहरी एकेडेमीको आफ्नै गान नभएकाले ७० औं वार्षिकोत्सवको अवसर पारेर पुलिस एकेडेमी गान ल्याउन लागिएको हो ।

प्रहरी एकेडेमी, तालिम तथा वीरता झल्कने किसिमको ‘प्रहरी एकेडेमी गान’ ल्याउन लागिएको प्रहरी एकेडेमीले बताएको छ । आफ्नै ‘गान’ ल्याएपछि एकेडेमीमा हुने तालिम, प्रशिक्षण लगायतका समारोहमा उक्त गान बजाइनेछ ।

एकेडेमी गान लेखनका लागि एकेडमीले आह्वान गरिसकेको छ । १५ माघभित्र गान अर्थात गीती रचना लेखेर पठाइसक्नुपर्नेछ । प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई रहेको छनौट समितिले उक्त गान छनौट गर्नेछ ।

उत्कृष्ट गानलाई नगद ५१ हजार प्रदान गरिने एकेडेमीले बताएको छ । दोस्रो र तेस्रो गान भने प्रहरीले निकाल्ने आफ्नै पत्रपत्रिकाहरुमा समेटिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?