+
+
Shares

१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ

पक्राउ पर्नेमा पर्साको प्रसौनी गाउँपालिका-४ देवरवानाका २२ वर्षीय पवनकुमार साह, सोही ठाउँका ३० वर्षीय मुस्ताक अनुसार र १९ वर्षीय रामपुकार पासवान रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १८:१३

२० पुस, काठमाडौं । पर्साबाट १० लाख रुपैयाँभन्दा बडी हुन्डीको रकम सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको प्रसौनी गाउँपालिका-४ देवरवानाका २२ वर्षीय पवनकुमार साह, सोही ठाउँका ३० वर्षीय मुस्ताक अनुसार र १९ वर्षीय रामपुकार पासवान रहेका छन् ।

उनीहरूको साथबाट स्रोत नखुलेका १० लाख २ हजार १० रुपैयाँ र ना१६प३०२० नम्बरको मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरू शनिबार पर्साको जगरनाथपुर गाउँपालिका-३ गडैयाटोलबाट पक्राउ परेका हुन् ।

पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?