News Summary
Generated by OK AI. Editorially reviewed.- सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९ अंकमा पुगेको छ।
- आज २१४ कम्पनीको मूल्य बढ्दा ३७ को घटेको र ८ को स्थिर रहेको छ।
- कारोबार रकम ५ अर्ब १ करोडबाट बढेर ६ अर्ब ४७ करोड पुगेको छ।
२१ पुस, काठमाडौं । सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक २८.७३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २६३९ अंकमा कायम भएको छ ।
बजार खुलेपछि दिनभर हरियो रह्यो । आज २१४ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ८ को स्थिर नै रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब १ करोडको
कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको भयो । मुलुकमा प्रतिनिधिसभा निर्वाचनको वातावरण बन्दै गएपछि बजारको माहोल सकारात्मक देखिएको छ ।
आज उत्पादन तथा प्रशोधन समूहमा आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै ३.०५ प्रतिशत बढ्यो ।
सबै समूहका सूचक बढेका छन् । बैंकिङ ०.६५, विकास बैंक २.७०, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा ०.४२, अन्य ०.७८ तथा व्यापार ०.२२ प्रतिशत बढे ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर छन् । त्यस्तै दरामखोला हाइड्रोपावरको ९.५४, हिमस्टार ऊर्जाको ८.५४, नारायणी डेभलपमेन्ट बैंकको ८.५३ तथा ट्रेड टावरको ८.४८ प्रतिशत मूल्य बढ्यो ।
सप्तकोशी विकास बैंकको २.४९, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २.२३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार, एसवाई प्यानल, श्रीनगर एग्रिटेक र सागर डिस्टिलरी छन् ।
प्रतिक्रिया 4