+
+
Shares

१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

आज विकास बैंक र म्युचअल फन्डबाहेक सबै उपसूचकको मूल्य घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार सोमबार १०.५३ अंकले घटेर २६२२.८८ बिन्दुमा ओर्लिएको छ।
  • सोमबार ३३७ धितोपत्रको ६९ हजार ५ सय ४८ कारोबारबाट १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर किनबेच भएको छ।
  • एसवाई प्यानल नेपाल लिमिटेडको मूल्य १० प्रतिशतले बढेर ८ सय ८० रुपैयाँ पुगेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले गिरावट आएको छ।

१४ पुस, काठमाडौं । आइतबार उच्च अंकले बढेको सेयर बजारमा सोमबार ‘करेक्सन’ आएको छ । १०.५३ अंकले घटेको बजार २६२२.८८ बिन्दुमा ओर्लिएर रोकियो ।

आज सोमबार ०.८८ प्रतिशतले बजारमा गिरावट आएको हो । आज विकास बैंक र म्युचअल फन्डबाहेक सबै उपसूचकको मूल्य घटेको छ ।

सबैभन्दा धेरै ‘अन्य’ उपसूचकका लगानीकर्ताले ०.८२ प्रतिशतले गुमाएका छन् । सोमबार ३ सय ३७ धितोपत्रको ६९ हजार ५ सय ४८ कारोबारबाट १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँमा खुम्चिएको छ । आइतबार ४७ अंकले बढेको बजारमा ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार एसवाई प्यानल नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यस धितोपत्रको मूल्य प्रतिकित्ता ८ सय ८० रुपैयाँ पुगेको छ ।

यसबाहेक ग्लोबल आइएमई समुन्नत योजना-२, कर्पोरेट विकास बैंक लिमिटेड, सप्तकोशी विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंकसहित धितोपत्रको मूल्य समेत धेरैले बढेको छ ।

सोमबार सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाए । यो धितोपत्रको मूल्य १० प्रतिशतले गिरावट आइ १४९६.१० रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुपर मादी हाइड्रो, मानुषी लुघवित्त वित्तीय संस्था, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंकसहित धितोपत्रको मूल्यमा समेत आज धेरै गिरावट आएको छ । धेरै कारोबार भएको धितोपत्र समेत एसवाई प्यानल लिमिटेड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?