+
+
Shares

सिद्धार्थ बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न पायो स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंकले नेपाल धितोपत्र बोर्डबाट ३ करोड ५० लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न अनुमति पाएको छ।
  • एसबीएलको अविमोच्य अग्राधिकार सेयरको बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ र संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउँछन्।
  • यस सेयरमा भुक्तानी अवधि तोक्न नपाइने, संस्थागत लगानीकर्तालाई मात्र बिक्री हुने, र लाभांश नदिने नियम लागू गरिएको छ।

२१ पुस, काठमाडौं । सिद्धार्थ बैंकले अविमोच्य असञ्चिति अग्राधिकार (पर्पेच्युअल नन-क्युमुलेटिभ प्रेफरेन्स) सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

कम्पनीले ३ करोड ५० लाख कित्ता यस्तो सेयर निष्कासनका लागि अनुमति पाएको हो । अविमोच्य असञ्चिति अग्राधिकार सेयर अंकित मूल्य १ सयमा जारी हुनेछ ।

यसको नाम ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ रहेको छ ।  यसअघि नबिल बैंक, एनएमबी बैंक तथा कामना सेवा विकास बैंकले यस्तो सेयर निष्कासनका लागि बोर्डबाट स्वीकृत पाएका छन् ।

एसबीएल अविमोच्य अग्राधिकार सेयरको बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । बैंकका संस्थापक सेयरधनीले मात्रै यस्तो सेयर खरिद गर्न पाउँछन् ।

बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुनेगरी संस्थागत लगानीकर्तालाई मात्रै यस्तो सेयर निस्कासन गर्न सक्छन् । परिपत्र विधिमार्फत निष्कासन हुने यस्तो सेयरमा सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैनन् ।

बैंकहरूले जारी गर्ने अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोक्न नपाउने, संस्थागत लगानीकर्ताले मात्रै खरिद गर्न पाउने, यस्ता सेयरधनीलाई सञ्चित मुनाफाबाट लाभांश दिने नपाउने जस्ता सर्त तोकिएको छ ।

यस्तै संस्था खारेज भएमा निक्षेप, ऋणपत्र र पूरक पूँजीमा समावेश भएका नियामकीय पूँजीपछि मात्रै यस्तो सेयर धारण गर्ने लगानीकर्ताले भुक्तानी पाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?