+

टी-२० विश्वकप ट्रफी पोखरा लगिँदै, त्यसपछि वसन्तपुर र बौद्धमा प्रदर्शन

२०८२ पुष  २१ गते १७:२० २०८२ पुष २१ गते १७:२०

आईसीसी टी-२० विश्वकप ट्रफी टुरअन्तर्गत नेपाल ल्याइएको ट्रफी पोखरा पनि लगिने भएको छ ।

टी-२० विश्वकप ट्रफी पोखरा लगिँदै, त्यसपछि वसन्तपुर र बौद्धमा प्रदर्शन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी नेपालमा अनावरण भई पोखरा, काठमाडौं र बौद्धमा प्रदर्शन गरिनेछ।
  • नेपाल क्रिकेट संघका अनुसार ट्रफी टुर जनवरी ७ सम्म आयोजना हुनेछ र क्रिकेट प्रेमीले ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउनेछन्।
  • टी-२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याइएको हो भने यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी नेपालमा प्रदर्शन गरिएको थियो।

२१ पुस, काठमाडौं । आईसीसी टी-२० विश्वकप ट्रफी टुरअन्तर्गत नेपाल ल्याइएको ट्रफी पोखरा पनि लगिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ट्रफी मंगलबार बिहान पोखरामा फोटोसुट र स्थानीय आउटरिच कार्यक्रम हुनेछ ।

त्यसपछि भोलि नै काठमाडौं फिर्ता ल्याएर वसन्तपुरमा प्रदर्शनीमा राखिनेछ भने बुधबार बौद्धमा पनि प्रदर्शन हुनेछ ।

त्यस्तै भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी आज शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, पुरुष टिमका कप्तान रोहित पौडेल, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रूपमा ट्रफी अनावरण गरे ।

पुरुष तथा महिला क्रिकेट टिमका कप्तान, प्रशिक्षक तथा क्यानका पदाधिकारी समेतको उपस्थितिमा ट्रफी अनावरण गरिएको थियो ।

ट्रफी टुर जनवरी ७ सम्म आयोजना हुनेछ । टुरका क्रममा क्रिकेट प्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउने छन् ।

नेपालमा यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी पनि ल्याइएको थियो । त्यतिबेला पनि काठमाडौं र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो । टी-२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याइएको हो ।

डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट औपचारिक रूपमा ट्रफी टुर जारी छ ।

ट्रफी टुर विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय