+
+
Shares

वीरगञ्जको तनावबारे गृहमन्त्रीले भने : समाजमा हिंसा भड्किन नदिन गृहमन्त्रीको आग्रह

गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुर्‍याउने घटनामा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा धार्मिक सद्भावमाथि खलल पुर्‍याउने घटनामा गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो।
  • अर्यालले सबै पक्षसँग सद्भाव र सह-अस्तित्वको रक्षा गरी हिंसा नफैलिन आग्रह गर्नुभयो।
  • उहाँले संवैधानिक आयोगहरूलाई विवेकको संरक्षकको भूमिका निर्वाह गर्न र प्रदेश तथा स्थानीय सरकारलाई समन्वयात्मक भूमिका खेल्न आग्रह गर्नुभयो।

२१ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुर्‍याउने घटनामा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सोमबार गृह मन्त्रालयमा विभिन्न संवैधानिक आयोगहरूका कार्यवाहक अध्यक्षहरू, सचिव, तथा पदाधिकारीहरूसँग गरिएको सामूहिक छलफलमा गृहमन्त्री अर्यालले सबै पक्षसँग तत्काल सद्भाव र सह-अस्तित्वको समेत रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गरेका हुन् ।

गृह प्रशासन र सङ्घीय सरकारको तहबाट गर्नुपर्ने सबै खालका सुरक्षाको पूर्वतयारी र सजगता अपनाइएको भन्दै गृहमन्त्री अर्यालले एउटाको धर्म र सम्प्रदायलाई आज परेको पीडा भोलि आफ्नो समुदायमाथि पनि पर्न सक्ने भएकोले यस घटनालाई निस्तेज गर्न सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

अर्यालले राज्यका संवैधानिक आयोगहरूले यस्तो अवस्थामा एउटा विवेकको संरक्षकको भूमिका निर्वाह गरिदिन आग्रहसमेत गरे । मधेश प्रदेश तथा अन्य केही प्रदेशमा देखिन खोजेका साम्प्रदायिकता संयमता, सजगता र सह-अस्तित्वका आधारमा स्थितिलाई सामान्यीकरण गर्न उनले आग्रह गरे । यस्तै, मन्त्री अर्यालले यस्तो अवस्थामा प्रदेश र स्थानीय सरकारहरूले पनि समन्वयात्मक भूमिका खेलिदिएर अवस्थालाई सामान्यीकरण गर्न ठूलो भूमिका रहने बताए ।

मधेशी आयोगका कार्यवाहक अध्यक्ष जिवछ साह, मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महामदीन अलि, थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोध सिंह थारु, गृह सचिव राजकुमार श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की तथा गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्ले र आयोगका अन्य सदस्यहरूको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?