News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'रमिताको पिरती' माघ २३ गतेबाट रिलिजमा आउँदैछ।
- फिल्मको दोस्रो गीत 'जुनी भर' बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ।
- गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ र अस्मिता अधिकारीले साथ दिएकी छिन्।
काठमाडौं । शिरो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘रमिताको पिरती’ माघको २३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको दोस्रो गीत बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ ।
सार्वजनिक ‘जुनी भर’ बोलको गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । स्वरमा उनलाई अस्मिता अधिकारीले साथ दिएकी छिन् ।
रोमान्टिक शैलीको यो गीतमा फिल्मका मुख्य २ कलाकार आना शर्मा र विनय श्रेष्ठलाई हेर्न सकिन्छ । भिडियोमा विनयले आनालाई फकाउँदै गरेको र आना उनले भनेको नमानेको दृश्यलाई देखाइएको छ ।
यसले, विनय र आनाको प्रेमको सुरुवातको रुपमा यो गीत तयार भएको बुझ्न सकिन्छ । फिल्ममा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लगायतका कलाकारको पनि अभिनय छ ।
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी, कुशल पोखरेलको संगीत समावेश छ । सुदिप्ताको लेखन र निर्देशनमा तयार भएको यो फिल्मका निर्माता सागर लम्साल हुन् ।
आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने फिल्मका एसोसियट निर्माता हुन् । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा शिशिर बिशाङ्खेको डीओपी, साहिल खानको ट्रेलर र टिजर छ ।
सुनिल शिवभक्तिको सम्पादन रहेको फिल्मको यो गीतको भिडियोमा झोलेइज्म, जेनिश महर्जन र प्रयत्नको छायांकन, झोलेइज्मको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ ।
प्रतिक्रिया 4