News Summary
Generated by OK AI. Editorially reviewed.- मिडिया पार्टनर्स एसियाले एशिया-प्रशान्त क्षेत्रमा स्ट्रिमिङ सर्भिस र कनेक्टेड टिभीले दशकको अन्त्यसम्म वर्चस्व जमाउने जनाएको छ।
- सन् २०३० सम्ममा क्षेत्रको कुल स्क्रिन राजस्व १९६ अर्ब डलर पुग्ने र वार्षिक २.८% वृद्धि हुने प्रक्षेपण गरिएको छ।
- भारतले सन् २०३० सम्ममा ३५ करोड ८० लाख ओटीटी ग्राहक थपेर चीनलाई उछिनेको र परम्परागत टेलिभिजनले ८ अर्ब डलर राजस्व गुमाउने बताइएको छ।
परम्परागत टेलिभिजनका माध्यमले दर्शक गुमाइरहेको बेला दशकको अन्त्यसम्म एसिया-प्रशान्त क्षेत्रमा स्ट्रिमिङ सर्भिस, सोसल भिडियो प्लाटफर्म र कनेक्टेड टिभीले वर्चस्व जमाउने एक अध्ययनले देखाएको छ ।
मिडिया पार्टनर्स एसियाको भर्खरै जारी गरिएको एशिया-प्यासिफिक भिडियो र ब्रोडब्यान्ड २०२६ रिपोर्ट अनुसार ती नयाँ मिडियाले एसिया-प्रशान्त क्षेत्रमा ‘स्क्रिन रेभेन्यू’ मा कीर्तिमान रच्ने उल्लेख गरिएको छ ।
सिंगापुरमा रहेको उक्त अनुसन्धान फर्मले सन् २०३० सम्ममा यस क्षेत्रभरि कुल स्क्रिन राजस्व १९६ अर्ब डलर पुग्ने प्रक्षेपण गरेको छ, जुन २०२५ र २०३० को बीचमा २.८% वार्षिक वृद्धि दरले बढ्नेछ ।
यो कूल राजस्व अनलाइन भिडियो प्लाटफर्मबाट आउनेछ ।
सदस्यता र विज्ञापन मोडेल दुवैलाई समेट्ने ‘प्रिमियम भिडियो अन डिमान्ड’ ले सन् २०२५ र २०३० बीच लगभग १२.५ अर्ब डलरको राजस्व थप्नेछ, जुन यस दशकको अन्त्यसम्ममा ५२ अर्ब डलर पुग्नेछ ।
जापान, चीन र भारतले त्यो वृद्धिको नेतृत्व गर्नेछन्, त्यसपछि अष्ट्रेलिया, दक्षिण कोरिया र इन्डोनेसिया हुनेछन् ।
भारतले सन् २०३० सम्ममा कूल ओटीटी ग्राहक संख्याको आधारमा सबैभन्दा ठूलो बजारको रूपमा चीनलाई उछिनेर ३५ करोड ८० लाख व्यक्तिगत सब्सक्राइबर थप्ने तयारी गरेको छ ।
‘यूजर जेनेरेटेड’ र सोसल मिडियाको राजस्व अझै नाटकीय रूपमा विस्तार हुने अनुमान गरिएको छ । सन् २०३० सम्ममा ११.४ अर्ब डलर बढेर ४.५ अर्ब डलर पुग्नेछ ।
उक्त फर्मको वार्षिक मूल्याङ्कन अनुसार, यसले कन्टेन्ट क्रिएसनको नेतृत्वमा रहेका प्लेटफर्मलाई एशिया–प्रशान्त स्क्रिनको अर्थतन्त्रमा एक्लो अर्थतन्त्र चलाउने इन्जिन बनाउनेछ ।
यसैबीच, परम्परागत टेलिभिजनले सोही अवधिमा ८ अर्ब डलरको संचयी राजस्व गिरावटको सामना गरिरहेको छ, जुन लिनियर विज्ञापन र पे-टिभी सब्सक्राइबरको कमजोरीका कारणले गर्दा भएको हो ।
त्यो संकुचनमा चीन, जापान र भारतको योगदान लगभग ७०% हुनेछ भने अष्ट्रेलिया र दक्षिण कोरियाले संयुक्त रूपमा १५% भन्दा बढी योगदान गर्नेछन् । कनेक्टेड टिभी यस क्षेत्रभरि आर्थिक वृद्धिको प्रमुख चालकको रूपमा देखा परेको छ ।
भेराइटीबाट ।
प्रतिक्रिया 4