+
+
Shares

कोरियाली ओटीटी बजारको आकार १.१ अर्ब डलर पुग्यो, नेटफ्ल्क्सिको वर्चस्व

दक्षिण कोरियामा ओटीटी प्लाटफर्मका ग्राहक संख्या तीव्ररुपमा वृद्धि भैरहेको देखिन्छ । मासिक सक्रिय प्रयोगकर्ता लगभग ३५% ले वृद्धि भएको र त्यो त्रैमासिकमा कुल हेरिने समयावधि १.२ अर्ब घण्टा पुगेको विवरणमा जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण कोरियाको प्रिमियम भिडियो-अन-डिमान्ड बजार सन् २०२५ को पहिलो ६ महिनामा १.१ अर्ब डलर पुगेको छ।
  • ग्राहक संख्या २ करोड ४५ लाख पुगेको र सशुल्क सदस्य १५ लाखले बढेको एमपीडिले उल्लेख गरेको छ।
  • नेटफ्लिक्ससँग ८२ लाख सदस्य छन् र स्क्विड गेमको तेस्रो सिजनले यसको लोकप्रियता बढाएको छ।

सियोल । दक्षिण कोरियाली स्ट्रिमिङ प्लेटफर्मबीचको प्रतिस्पर्धा तीव्र हुँदै गइरहेको छ । एक नयाँ तथ्याङ्कले सन् २०२५ को पहिलो ६ महिनामा देशको प्रिमियम भिडियो-अन-डिमान्ड बजारको आकार १.१ अर्ब डलर पुगेको देखिएको छ ।

जसमा, ग्राहकहरूको संख्या २ करोड ४५ लाख पुगेको छ ।

अनुसन्धान फर्म एएमपीडीका अनुसार, ६ महिनामा सशुल्क सदस्य १५ लाखले बढेका छन् । दोस्रो त्रैमासिकमा कनेक्टेड टिभी ट्रयाकिङ सुरु भएपछि यो संख्यामा ठूलो परिवर्तन देखिएको हो ।

यो तथ्यले दक्षिण कोरियामा ओटीटी प्लाटफर्मका ग्राहक संख्या तीव्ररुपमा वृद्धि भैरहेको देखिन्छ । मासिक सक्रिय प्रयोगकर्ता लगभग ३५% ले वृद्धि भएको र त्यो त्रैमासिकमा कुल हेरिने समयावधि १.२ अर्ब घण्टा पुगेको विवरणमा जनाइएको छ ।

दक्षिण कोरियाली बजारमा नेटफ्ल्क्सि सबैभन्दा अगाडि छ, जसका ८२ लाख सदस्य छन् । यो संख्या सबै ओटीटी प्लाटफर्मको प्रिमियम ग्राहक संख्याको आधा हो ।

यो उपलब्धि दक्षिण कोरियासँग मिलेर बनाइएको ‘स्क्विड गेम’को तेस्रो सिजन, हलबाट रिलिज हुने ताजा र लोकप्रिय फिल्म, विज्ञापन समर्थित योजनमा नेटफ्ल्क्सिमा पहुँच दिने नेभर प्लस सँगको सम्झौतालाई कारण मानिएको छ ।

अन्य प्रतिस्पर्धी पनि बलिया छन् । टिभिङले सस्तो विज्ञापन योजनासहित हिट र विविधताको स्वाद पस्किने फिल्म र सिरिज ल्याएर दर्शकलाई आकर्षित तुल्याएको छ ।

कुपाङ प्लेले निःशुल्क विज्ञापनसहितका स्किम ल्याएर दर्शक तान्ने प्रयास गरिरहेको छ ।

‘कोरियाको प्रिमियर भिडियो क्षेत्र केही व्यक्तिहरूको मुठ्ठीमा छ जस्तो देखिन्छ’ एमपीएका कार्यकारी निर्देशक विवेक काउटोले भने, ‘स्थानीय कथावाचनको शैली दर्शकलाई आकर्षित गर्ने र पैसा छाप्ने माध्यम बनिरहेको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?