+
+
Shares

गण्डकीमा गठबन्धनबाट जगत र सम्झनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १५:०४

२३ पुस, पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटाले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले सचिव खगराज अधिकारीको नेतृत्वमा  उनीहरू मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् ।

राष्ट्रिय सभा चुनावमा कांग्रेस र एमालेबीच गठबन्धन गर्न सहमति भएको छ । सोही सहमति अनुसार तिमिल्सिना र देउवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?