+
+
Shares

मधेशी र मुस्लिम आयोगका पदाधिकारीसँग गृहमन्त्रीको छलफल

गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरूसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १७:४१

२३ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरूसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् ।

पछिल्ला दिनमा तराई मधेशका केही जिल्लामा सतहमा देखिएका साम्प्रदायीक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रित भएको हो।

मन्त्री अर्यालले ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरूले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह तथा आयोगका अन्य पदाधिकारीसँग छलफल गरे ।

त्यस्तै संविधानले संवैधानिक निकायको रुपमा व्यवस्था गरेका दुवै आयोगहरुको काम, कर्तव्य, अधिकार, आयोगले भोगिरहेका समस्या तथा सरकारसँग आयोगका अपेक्षालगायतका विषयमा पनि आयोगका पदाधिकारीहरुले मन्त्री अर्याललाई जानकारी गराए ।

छलफलको क्रममा मन्त्री अर्यालले धार्मिक सम्प्रदायबीच आपसी सद्भाव कायम गर्न मधेशी, थारु र मुस्लिम आयोगबाट जारी भएको संयुक्त अपिलको खुलेर प्रशंसा गरे ।

शान्ति तथा सामाजिक सद्भाव समिति गठनलगायतका कार्यहरु गर्न गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जारी गरीएको सर्कुलरको आयोगका पदाधिकारीहरुले स्वागत गरे ।

गृह मन्त्री अर्यालले आयोगलाई आवश्यक सहयोग गर्न सरकार सधैँ तत्पर रहेको विश्वास दिलाउँदै कतिपय विषयहरूमा आयोगका तर्फबाट आवश्यकता अनुसार नेपाल सरकारलाई ध्यानाकर्षण तथा सल्लाह, सुझावको अपेक्षासमेत राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?