+
+
Shares

मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घन्टा बयान

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते २१:१६

२३ पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

२३ र २४ भदौको घटनाका बारेमा अनुसन्धान गरिरहेको आयोगले बुधबार कार्यालयमै लामिछानेलाई बोलाएर बयान लिएको स्रोतले जानकारी दियो ।

‘रवि लामिछानेजी १ बजेतिर बयानका लागि आउनुभएको थियो । करिब डेढ घन्टा बयान दिनुभयो,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

जेनजी आन्दोलनका क्रममा लामिछानेको संलग्नता, नख्खु जेलबाट निस्किएको घटनालगायत विषयमा लामिछानेसँग बयान लिइएको आयोग स्रोतले जानकारी दियो ।

आयोगले आयुक्त लिली थापाको संयोजकत्वमा २३ र २४ आन्दोलन घटनाका बारेमा छानबिन गरिरहेको छ ।

आयोगले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतसँग यसअघि नै बयान लिइसकेको छ ।

आयोगको छानबिन अन्तिम चरणमा पुगेको र अब प्रतिवेदन लेखन शुरु गरिने स्रोतले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?