+
+
Shares

रास्वपाका दीपक बोहरा कञ्चनपुर २ बाट उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते २१:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहरा कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस भएका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न जिल्ला समितिहरूलाई परिपत्र जारी गरेको थियो।
  • दीपक बोहराले सामाजिक सञ्जालमार्फत् आफूलाई सर्वसम्मत सिफारिस गरिएकोमा आभार व्यक्त गर्दै अन्य आकांक्षी घण्टी मित्रहरूको न्यायको पक्षमा उभिने बताए।

२३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहरा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर २ बाट सिफारिस भएका छन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले उम्मेदवार सिफारिस गर्न जिल्ला समितिहरूलाई परिपत्र जारी गरेको थियो । सोहीअनुसार बोहरा कञ्चनपुर २ बाट एकल सिफारिसमा परेका हुन् ।

‘कञ्चनपुर क्षेत्र नम्बर २ बाट रास्वपा उम्मेदवारका रूपमा मलाई सर्वसम्मत सिफारिस गर्नु भएकोमा आभारी छु,’ बोहराले आफ्नो सिफारिस भएकोबारे सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै भनेका छन्, ‘पार्टी पंक्तिको यो विश्वास धर्मराउन दिने छैन । अन्य आकांक्षी घण्टी मित्रहरूको त्याग र उच्च सम्मान गर्नेछु र उहाँहरूको न्यायको पक्षमा सधैं उभिनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?