+
+
Shares

बागमती सरकारले दियो जेनजी प्रदर्शनका पीडितलाई सवारी साधनमा कर छुट

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते २२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि जेनजी प्रदर्शनमा क्षतिग्रस्त भएका सवारी साधनमा कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ।
  • प्रदेश सचिव झलकराम अधिकारीले सरकारी, सार्वजनिक, बोर्ड तथा निजी सवारी साधनमा चालु आर्थिक वर्षको मात्र कर र दस्तुर छुट दिइने जानकारी दिए।
  • नेपाल ट्रक व्यवसायी महासंघले निर्णयको स्वागत गर्दै श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापासँग सुझाव दिएको र महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले राहत पुगेको बताए।

२३ पुस, काठमाडौं। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्णरूपमा क्षतिग्रस्त भएका सवारी साधनका लागि सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

प्रदेश सचिव झलकराम अधिकारीका अनुसार प्रदर्शनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएका सरकारी, सार्वजनिक, बोर्ड तथा निजी सवारी साधनमा चालु आर्थिक वर्षको मात्र सवारी साधन कर र नवीकरण दस्तुर छुट दिइनेछ ।

साथै, भाडाका सार्वजनिक सवारी साधनका लागि जाँचपास र बाटो इजाजतपत्र नवीकरण दस्तुरमा पनि छुट प्रदान गरिने बताइएको छ ।

नेपाल ट्रक व्यवसायी महासंघले सो निर्णयको स्वागत गरेको छ । संघले बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापासँग भेट गरी सवारी साधन कर र दस्तुर छुट सम्बन्धी सुझाव दिएको बताएको छ ।

सुझावअनुसार बागमती प्रदेश सरकारले मन्त्रिपरिषद्‌को गत पुस १६ गतेको बैठकमा चालु आर्थिक वर्षको सवारी साधन कर, केही दस्तुर र जरिवाना छुट दिने निर्णय गरेको थियो ।

नेपाल ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले महासंघको तर्फबाट धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारको यो निर्णयले व्यवसायीहरूलाई ठूलो राहत पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?