News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले २४ पुसका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको २ लाख ६७ हजार ७ सय रुपैयाँबाट २ हजार रुपैयाँले घटेको छ।
- चाँदीको भाउ पनि तोलामा १ सय रुपैयाँ घटेर ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको छ।
२४ पुस, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबर भएको थियो । यसअघि पुस १३ गते हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८३५ रुपैयाँमा झरेको छ । अघिल्लो दिनको चाँदीको भाउ उच्च हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4